idea studio season 7

Idea Studio मा मेरो ६ दिन

Idea Studio मा मेरो ६ दिन

Idea Studio मा मेरो पहिलो दिन

मिति २०७९/१२/१९ गते म र बिशान्त झन्डै १० बजे KMC College को सातौं तलामा रहेको Idea Studio को office मा पुगेउ । अरु ideators हरु पनि भर्खर आउदै हुनुहुदो रहेछ । हामी सबै करिब आधा घन्टा सम्म waiting hall मा बसिम र त्यसपछी त्यही नजिकै पल्लो class room मा हामी सबैलाई लगियो । सायद त्यो class room थियो । Table हरु round आकार मा मिलाएर राखिएको थोयो । सबै Table अगाडि दुई वटा form र A4 size को केही वटा paper मा स्टिच हानेर राखियेको थियो र साथमा एउटा pencil पनि थियो । हामिलाई त्यो form पड्न र signature गर्न लगाइयो । Rules & Regulation को form रहेछ । हामिले पढिसकेर signature पनि गरेउ ।

त्यो सबै गरिसक्दा झन्डै १ बजि सकेको थियो होला । त्यसपछी lunch time भएछ । त्यहाको सबैजनालाई एक जना idea studio कै दिदी ले food token दिनुभयो ।

बिहान बाटै खाना खाएको थिएन मैले त खाना को टोकन पाउँदा खुसी लाग्यो । अनि हामी सबै जना seventh तला बाट Eighth तलामा गयौ । सान्दार रहेछ Canteen पनि । हामिले त्यहाँ लाईन लागेर आफुलाई पुग्ने जति खाना पस्कियिम र Table मा गएर बसिम । मीठो लाग्यो मलाई त खाना पनि । भात, दाल, साग को सब्जी, आलु र खै के पो को हो तरकारी थियो, अनि अचार पनि थियो । एकदम मीठो । खाना खाईसकेपछी हामी Canteen बाट बाहिर निस्कियौ । आहा ! आठ औं तला बाट काठमाडौ लाई हेर्दा त गज्जबकै पो देखिने रैछ । झ्याल को सिसा मा धरहरा पनि हाम्रै लेबल मा टल्किरहेको थियो । भुइ बाट हेर्दा ठुला ठुला देखिने Building हरु पनि आठौं तलाबाट हेर्दा त कति साना साना लागिरहेका थिए । खाना खाइसकेपछी हामी आठौं तला बाट सातौ तलामा गयौं जहाँ हाम्रो program भइरहेको थियो । त्यसपछी को session मा हामिले Dr. Chhiring Lama बाट Leadership को बारेमा धेरै कुरा सिकिम । हामिले आफ्नो चित्र पनि बनाइम drawing गरेर । तर आफ्नो drawing गर्न त सारै गारो हुने रैछ ।

त्यसपछी को session मा हामिले Investment को बारेमा कुरा हरु सिकिम । Professor Rupesh Krishna Shrestha ले हामिलाई Sustainable Business Operation को बारेमा केहि knowledge दिनुभयो । झन्डै साढे ५ बजे तिर आजको हाम्रो session सकियो र हामी आफ्नो घर तर्फ लागिम ।

Idea Studio मा मेरो दोस्रो दिन

मिति २०७९/१२/२० गते सोमबार ।

पहिलो दिन केही नया लाग्यो । नयाँ ठाउँमा नयाँ मानिसहरु संग पहिलो दिन अलि नया नै हुने रैछ । आज ११ बजे देखिको session थियो । हुन त आजपनी १० बजे बाटै session सुरु हुने भनेर अघिल्लो दिन भनिएको थियो तर पछि whatsapp group मा ११ बजे बाट हुने जानकारी गराइएको थियो । बिशान्त whatsapp group मा join थिएन त्यसैले उसलाई ११ बजे बाट सुरु हुने जानकारी नै भएन । १० बजे बाघबजार पुगेर मलाई call गर्यो र मैले ११ बजे देखि हुने जानकारी आयेको भनेर भने । “ ए हो र ! भन्नू पर्थ्यो नि यार“ भन्दै थियो । १ घन्टा उसै बस्न पर्यो बिशान्त ले । म करिब १०:५० तिर पुगे र हामी संगै गयौं KMC College को सातौ तलामा रहेको Idea Studio मा । आज सुरु बाट नै छुट्टा छुट्टै Group बनाएको रहेछ । म E group मा परे र बिशान्त F group मा । आज हामिले आ आफ्नो Team का सदस्य हरु संग मिलेर आफुलाई दिएको बिसयमा बिल्कुलै नयाँ problem निकालेर त्यसको solution, presentation आदि बनाउन पर्ने रैछ ।

हाम्रो Team E मा ६ जना सदस्य हरु थियौं ।

हामिलाई Health Service related केही नयाँ समस्या निकालेर त्यसमा काम गर्नु पर्ने थियो । हामिले सुरुमा एक अर्का बारे जान्ने कोसिस गरिम । नाम अनि speciality । हामी ६ जना भित्रै कोहि मार्केटिङ को कोहि टेक्नोलोजी को कोहि ल को मानिसहरु रहेछौ । कति राम्रो variation अनि कति perfect team बन्यो एकै छिन मा । हामिलाई Team Canvas र chart को बारेमा Maa'm ले बिस्तृत मा जानकारी गराउनु भयो । त्यसपछी हाम्रो यो समस्या लाई खोतालेर Hospital मा पर्चा हरु धेरै प्रयोग हुने र यसलाई paperless र digital बनाउने समाधान पनि हामीले त्यही नीर निकालिम । हामिले यस्तो technology वा भनौ मोबाइल app र Digital Card को develop गर्ने जुन card मा patient को पर्चा मा हुने सबै Data हरु राखिएको हुन्छ । अब यो card बिरामी ब्यक्ती को सदस्य संग भएपछी जति पनि ठाउ मा उ पहिला मोटो मोटो पर्चा लिएर जान्थ्यो थ्यो ठाउँ मा अब मात्र एउटा card लिएर जान्छ । साचै भर्खरै आएको यो idea एकै छिन मा कति ठूलो समस्या समाधान गर्ने idea बन्यो । 

करिब २ बजे तिर हामी खाजा खान त्यही हिजो को जस्तै आठौं तलामा गयौ । आज खाजा मा भुटेको आलु, समोसा, bread र चट्नी थियो । करिब एक घन्टा माथी बसिम कति आनन्द को दृश्य ।

३ बजे बाट हाम्रो practical session सुरुभयो जसमा हामिले आफ्नो idea अनुसार को presentation बनाउन पर्ने थियो । चाहे त्यो पपेर मा होस वा विभिन्न सामान प्रयोग गरेर बनाएको art होस वा laptop मा बनाएको presentation । सबै जनाले थरी थरिका दृश्य हरु बनाउदै छन । 

हामीले चै chart मा case diagram र laptop बाट presentation बनायौ । रमाइलो भयो छलफल गर्दै काम गर्न । हामिले त्यही नीर हाम्रो product को नाम e – पर्चा भनेर पनि सोचिम । झन्डै १ घन्टा ३० मिनेट सम्म prototype मा काम गरेपछी हामिले बनाएको आ आफ्नो prototype अरुलाई देखाउनु र बुझाउनु पर्ने भयो । त्यसपछी हामी सबै हल मा गयौ । साभ्या मिस ले जो जो जस्ले presentation गर्छन उनिहरुलाई आ आफ्नो Team ले १० मा कति मन लाग्छ तेति दिन को लागि एउटा paper दिनुभयो । त्यो paper मैले समाते । हात मा paper र pen अनि stage मा अरुले गरिरहेको presentation लाई judge गर्ने मौका पाको देखेर त आफुलाई shark tank को shark वाला feel पो आहिरहेको थियो । Team A लाई 7, Team B लाई 7.5 यसरी सबैलाई marks दिए । Team F को चै Business Product नै थिएन । मात्र Tax को कुरा मा Social Awarness जस्तो थियो । त्यसैले मलाई त मन परेन अनि मैले त 3 marks मात्र दिए । थुप्रो मजा आयो । presentation दिइरहेको Team हरुलाई पनि प्रस्न हरु सोधिम हामी ideators हरुले नै । झन्डै डेड दुई घन्टाकै लामो session भयो यो । अन्तिममा Team B ले जित्यो । Team B को समुहले presentation लाई रमाइलो बनाएको थियो त्यसैले होला सबैले अलि बढी नम्बर दिएछन । आज त निस्किदा साडे ६ नै बजिसक्या रहेछ ।

Idea Studio मा मेरो तेस्रो दिन

आज त तीन दिन पो भयो Idea Studio को Incubation मा जान थालेको पनि । रमाइलो को साथ साथै धेरै कुरा हरु सिक्ने अवसर मिलिरहेको छ ।

आज चै हामिलाई साढे १२ बाट बोलाएको थियो । बिसान्त र म KMC को gate मा भेटेर गयौ । सातौं तलामा हो फेरि लिफ्ट हुँदा हुँदा किन सिडि चड्नु हैन त । हामी माथी पुगिम अलि अलि ideators हरु आइसक्नु भयेको थियो भने कोहि कोहि आउदै हुनुहुन्थ्यो । हामी पनि भित्र गयेर second last को row मा रहेको दुइटा कुर्सी मा बसिम । registration गरिम । अहिले marketing को session रहेछ । Puskar Sharma सर आउनुभयो उक्त session को लागि । डेड घन्टा को session भयो । धेरै कुरा भन्नू भयो market seperation, 4’ps of marketing यस्ता marketing releted कुरा हरु । धेरै Theoratical कुरा ले गर्दा होला class boring लाग्यो एक्दम । त्यो डेड घन्टा को समय मा मैले १० चोटि भन्दा बढी “हाई” गरे होला । तेत्रो ४०/५० जना अघाडी १/२ घन्टा Speech दिदा त्यो audience लाई bore feel भएन भने पो speech सार्थक हुन्छ नत्र त भासण को के मतलब ?

खयर जे होस, ३ बजे तिर नास्ता खाने बेला भयो । फेरि जानू पर्यो आठौं तला मा । नास्ता को यो एक घन्टा चै मेरो favourite घन्टा हो । आज नास्ता मा हिजो को जस्तै भुटेको आलु, पकौडा, bread र चट्नी थियो । म र बिशान्त coupen दिएर नास्ता लियेर बाहिर पट्टी निस्केर Table मा गुफ गर्दै नास्ता खायौ । बाहिर पट्टी दामी घाम पनि लाग्ने । फेरि दृश्य हरुपनी अति मनमोहक । केही बेर त्यही बसिम । अरु सङ्ग कुरा हरु गरिम । झन्डै ३ बजे तिर हामी फेरि सातौं तलामा जहाँ हाम्रो program भइरहेको थियो । अब को session Branding को रहेछ । निकै आकर्षक कपडा कोट, पाइन्ट टिलिक्क टल्कने जुत्ता, चट्ट जेल लगाएर पछाडी पठाएको कपाल मा एउटा सर निकै चुस्तिका साथ entry गर्नुभयो । Prasanna Shakya रहेछ उहाँ को नाम .।

रमाइलो का साथ हामीलाई business मा branding को महत्व बुझाउनुभयो । उहाँ भन्दे हुनुहुन्थ्यो , तपाइको ब्रान्ड बोल्नु पर्छ, तपाइको ब्रान्ड को music पनि हुनुपर्छ , तपाइँको brand ले कथा भन्न सक्नु पर्छ । यस्ता थुप्रै महत्त्वपूर्ण कुराहरु सिकाएर जानू भयो । त्यसपछी झन्डै साढे चार बजेतिर idea studio को पुरानो ideator र kull को founder आउनुभयो । झन्डै ४५ मिनेट उहाँले आफ्नो experience सुनाउनुभयो । co-founder को महत्व , Business मा family को support, आफ्नो company को बारेमा अरु थुप्रै topic मा आफ्नो अनुभव उहाँले सुनाउनुभयो । झन्डै ५:१५ तिर हामी त्यहाँबाट निस्कियौ ।

Idea Studio मा मेरो चौथो दिन

आज त बिहान ९:४५ बजे बाट नै session सुरु हुने भन्नुभको थियो whatsapp group मा । तर म पुग्दा झन्डै १०:१० नै भइ सकेको थियो । सबै ideators हरु आई सक्नु भएको थियेन । कोहि कोहि आउदै हुनुहुन्थ्यो त कोहि कोहि बसेर registration गर्दै हुनुहुन्थ्यो । म आज एक्लै थिए । बिशान्त आएन । म गएर लास्ट को बेन्च मा बसे । त्यो बेन्च को लाईन मा अरु कोहि पनि थियेनन त्यसैले होला प्रग्या मिस ले मलाई अगाडी जान भन्नुभयो र म अगाडि गए । आज रुपेश कृष्ण श्रेष्ठ सर ले Business मा सबै भन्दा महत्वपुर्ण कुरा Customer र Consumer मा फरक को बारेमा भन्दै हुनुहुन्थ्यो ।

आज theory मात्र नभएर practical पनि रहेछ । अर्को maam ले एउटा chart ल्याएर दिनुभयो जसमा “what my startup will do”  लेखिएको थियो र table हरु थियो । मेरो startup को आधारमा मैले त्यो workbook भर्दै जानुपर्ने रहेछ । रुपेश सर ले सुरुमा guide गर्दिनुभयो र पछि तेहि अनुसार हामिले table हरु भर्दै गयौं । थुप्रो कुरा भर्नु थियो । अलि confusing पनि थियो । सायद धेरै detail मा हामीले हाम्रो consumer को बारेमा लेख्नु पर्ने भएर होला । detail पनि धेरै नै detail मा थियो । जस्तो तपाइलाई म अलिकती बुझाउने कोसिस गर्छु है त:

हाम्रो startup को नाम Bhadawal भयो । अहिले को लागि room category को लागि मेरो end user Students भयो अब student लाई पनि break गरेर अझ त्यो भन्दा detail मा जान पर्यो ।

Student>Bachelor first year students>outside of valley>midrange family>who live in rent>Bibek Sharma अनि यसरी नाम सम्म कै detail निकालेपछी त्यो person को पनि contact, gender, mail, address, hobbies सबै personal detail पनि निकालेर लेख्नु पर्ने । आफ्नो customer को यसरी detail मा जानकारी निकाल्नुपर्ने रहेछ । आदि जति त निकालिम आदि जति चै घर मा गर्नु भन्ने कुरा आयो । तेति खेर सम्म खाना खाने बेला पनि भइ सकेको रैछ । प्रज्ञा मिस ले खाना को coupen दिनुभयो र हामी गयौं उहीँ आठौं तलामा ।

आज खाना मा दाल भात, मुलाको अचार, राज्मा को तरकारी, सलाद, पापड थियो । जे होस आठौं तलामा बसेर चम्चाले खाना खादा पनि सारै आनन्द आउने रहेछ । खाना खाई सकेपछी बेरि बाहिर लाग्ने हावा र न्यानो घाम । 

खाना खाई सकेपछी हामि गयौ फेरि सातौ तलामा । त्यसपछी पनि हामिले value proposation, अनि fimance को कुरा सिकिम । company को revenue कसरी निकाल्ने । fixed र variable assets यस्ता यस्ता कुरा हरु ।

लास्ट मा हामिलाई त्यो sticky note दिनुभयो र तपाईहरुले हामिलाई review गर्दिनु पर्यो भन्नू भयो । हा हा अब review मागेपछी नदिने त कुरै भएन । मैले त review मा एस्तो एस्तो कुरा लेखिदे ।

  • lift को 7th button ले काम गर्दैन त्यसैले आउदा 8th वा 6th floor मा गएर फेरि 7th floor मा आउनुपर्ने भयो ।
  • नास्ता को भुटेको आलुमा किन बोक्रा नतासेको ?
  • प्रवेश सर ले किन सधै मास्क लगाउनुभको ?

अनि लास्ट मा चै “Thank You so much for this opportunity” भनेर लेखिदिए ।

आज छिटै नै निस्किम हामी झन्डै ५ बजेको थ्यो कि :

Idea Studio मा मेरो पाचौं दिन

आज पनि बिहान ९:४५ मा पुग्नु पर्ने थियो । तर ९:४५ अलि छिटो भएछ कि के हो पुग्नै गारो । आज त पुग्दा १०:४५ नै हुन लागेको थियो । lift मा चढेर म सातौं तलामा गए र हिजो बसेको त्यो अगाडिको सिट खाली नै रहेछ र म त्यहि गएर बसे । छेउ का अरु ideators हरु संग हात मिलाए । त्यतिन्जेलमा आइसा जि ले एउटा चार्ट दिनुभयो । त्यसमा चै हामिले हाम्रो product आउनुअगाडि मान्छे हरु ले कसरी त्यो समस्या को समाधान गरिरहेका थिए त्यो लेख्नु थियो । ९/१० पाना को थियो होला । थुप्रो कुरा हरु भर्दै जानू थियो । रुपेश सर ले guide गर्दै जानू भयो हामी हरुले भर्दै गयौं । आफ्नो business को “Core”; र “Moat” को बारेमा पनि जानकारी पायौं । यस्कै अनुसार table नि भर्नु पर्ने थियो । Customer को अनुसार आफ्नो competitor को लाई chart मा राख्ने र आफ्नो business चार्ट मा कहाँ नीर पर्छ त्यो नि alalyze गरिम । एति सक्दा वर्दा साढे १२ भै सकेछ । Lunch को Time नि भएछ । प्रज्ञा जि ले हामिलाई खानाको coupen नि दिनुभयो । आज पनि म एक्लै नै थिए । अनि म lunch गर्न गए फेरि आठौं तला । आज lunch गर्ने मा म सुरु सुरुमै परेछ Table मा अरु कोहि थिएन । line मा लाग्दै गर्दा एकजना वास्तु को business गर्नुहुने सर सङ मजाले कुराकानी गरियो खाना पनि एउटै Table मा बसेर खायौं । रमाइलो मान्छे हुनुदो रहेछ । घर, कोठा आदि को बास्तु हरु हेर्नुदो रहेछ । खाना खाइसकेपछी एकछिन बाहिर आएर न्यानो घाम, सिर सिर हावा र मनोरम दृश्य को अवलोकन गरे । त्यसको करिब १५/२० मिनेट पछि म फेरि गए सातौं तलामा । अब हामिले Business Model को canvas दिनुभयो र प्रबेश सर ले यसबारे बुझाई दिनु भयो । सुरुमा projector मा एउटा २ मिनेट जतिको english video देखाइदिनुभयो र हामिले पनि त्यसपछि त्यो chart भरेर business model canvas पनि बनायौ । त्यसपछी अलि अलि company को valuation को कुरा पनि भयो । 

झन्डै ४:१० भएको थियो होला आज निस्किदा ।

Idea Studio मा मेरो छैटौं दिन

आज idea studio को incubation को अन्तिम दिन अर्थात छैटौं दिन । आज पनि session ९:४५ तिर सुरु हुने भन्नुभएको थियो । तर त्यो समय मा त पुग्न गारो भै हाल्छ नि ।म १०:०८ तिर पुगे सातौ तलामा रहेको incubation को हल् मा धन्न आज चै program सुरु भै सकेको रहेनछ । म पुग्ना साथ सुरु भयो भन्दा पनि फरक नपर्ला । आज हामिलाई रुपेश सर ले dicision making unit, sales funnel बारेमा र related chart कसरी fill up गर्ने बारेमा सिकाउने भन्नुभयो र हिजो को जस्तै table भएको ४/५ page को file दिनुभयो र हामिले पनि त्यही अनुसार भर्दै गयौं । सुरुमा हामिले decision making unit (DMU) को table हरु भरिम । त्यो भर्दै गर्दा बिशान्त पनि ठिक्क हल् मा आएको देखे । अनि हामी २ जना ले यिनिहरु छलफल गर्दै भरिम । यो सक्दा वर्दा झन्डै १२:३० पनि भइसकेछ । प्रज्ञा जि ले हामी सबैलाई food coupon दिनुभयो र हामी गयौ आठौं तला । मेरो favourite तला । 

खाना को लाईन मा लागिम आ आफुले खामा पस्कियिम । त्यो बिहेमा पस्किन्छन नि हो त्यसरी नै । आज चै खाना मा दाल, भात, साग, स्वोइबिन र राज्माको तरकारीले, मुलाको अचार, सलाद, पापड सबै भेराइटी थियो । 

खाना खाई सकेपछी हामी बाहिर निस्केर एकछिन हावा र घाम दुबै तापिम । अनि गयौ सातौं तलामा । अब को session मा idea studio को बिभिन्न partner company को expert हरु आएर त्यसबारेमा जानकारी दिने कुरा रहेछ । 

NameTime
Nirmala Maam(Prabhu Bank)1:15pm – 2pm
Krishna Bhattarai(Daraz)2:00pm – 3:15pm
Er. Khagendra bdr. Basnet(Business Startup Fund`)3:30pm – 4:30pm
Rajendra Singh(Nepal Export and Import)4:50pm – 5:50pm

झन्डै ६ बजेतिर फेरि नास्ता खाने बेला भएछ । नास्ता खादै आफ्नो product अरु बाहिर बाट आएका मान्छे हरुलाई देखाउनु पर्ने रहेछ । सबैले आफ्नो company ले बनाएका सामान हरु आफू अगाडी को table मा राख्नुभएको थियो । कसैले अचार, कसैले जुत्ता, कसैले धुप, कसैले मुर्ती, कसैले गुदपाक थुप्रै कुरा हरु थिए । हामिले पनि हाम्रो mobile app एकजना fund management को सर लाई सुनायौ । अनि उहाँले चै revenue नभएको startup लाई चै हामिले अहिले invest गर्न नसकिने जानकारी दिनुभयो । अनि मैले उहाँ को personal card मागे र उहाँले दिनु भयो । निस्कनु भन्दा अगाडि हामिले पबेश सर सङ कुरा गरिम । उहाले पनि idea राम्रो छ यो समस्या त समाधान गर्नु राम्रो हो तर कम्ती मा १०० जना भए नि paying customer भयो भने investor पनि invest गर्न इच्छुक हुन्छन । यहाँ सिकेको कुरालाई अझ राम्रो संग गर्नु । भन्ने सल्लाह दिनुभयो र हामी पनि त्यहाँ बाट निस्कियाैँ ।

यस्तो भयो हाम्रो idea studio को सातौ दिन को journey । कस्तो लाग्यो त तपाईलाई । यहाँ सम्म पढेर साथदिनुभएको मा धेरै धेरै धन्यवाद । अन्य केही सोध्नु पर्ने भए अवस्य comment गर्नुहोला । नत्र मलाई instagram मा पनि message गर्न सक्नुहुनेछ । अब हामी मेरो डायरी को अर्को पानामा अवस्य भेट्नेछौ ।

Thank You❤️

Similar Posts

11 Comments

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  3. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  4. I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *