Kheer Cafe
Kheer Cafe (तपाईको Favourite Food अब तपाईको Favourite Cafe मा)
चिया पसल अहिले हरेको तेस्रो घरमा छ । चिया हरेको ब्यक्तिलाई मनपर्ने त्यसैले चिया पसल चलेका पनि छन् । अहिले त चिया कै नाम को Brand पनि धेरैले बनाईसकेः “चियाघर, चियाअड्डा, चियाभट्टा, आदि ” काठमान्डुमा त झन “कुकर क्याफे” रे जहाँ कुकर मा बनाएको चिया बेचिन्छ । बानेश्वर साइड तिर जानुभयो भने “कुकर क्याफे” भन्ने नाम नसुने को सायदै कोहि होला । रिक्सा चलाउने मान्छे देखि लिएर ठुला ठुला अफिसको CEO सबै चिया पसल जान्छन । कोहि साईडमा राखेको ठेला मा जान्छन त कोहि अलि सिँगारिेएको Cafe मा ।
चिया पसल एसरि commercialize भएको सायद काठमान्डु जस्तो ठुला शहर मा मात्र होला तर चटपटे पसल झन् नेपाल भरि नै रुचाईएको र सबैलाई मन पर्ने Business हो । एसो हेर्दा थोरै पैसा देखिएनि चटपटेमा फाईदा भने धेरै छ । चटपटे पसल पनि काठमान्डुमा छ्याक छ्याप्ती छन । तर पनि चिया जस्तो Branding भने भइसकेको छैन ।
त्सस्तै लस्सि हेर्नुहोस, के नै छ र दहि मा काजु, किसमिस, आदि राख्यो एउटा प्लास्टिक को गिलास मा ready भयो लस्सी । काठमान्डुमा जहा पनि पाइन्छ लस्सि । झन बसन्तपूरको लस्सि ले त आफ्नो छुट्टै पहिचान बनाएको छ । लस्सी खानको लागि नि लाईन नै बस्नपर्छ त्यहाँ झन् ।
हरेक सानो सानो food item commercialize भइसक्यो । चिया, चटपटे, दहि, मकै, आदि … । त्यस्तै दुध बाटै बनेको खीर, आहा खीर । यसलाई पनि त commercialize गर्न सकिदैन र ? खिर धेरै मानिसको मनपर्ने कुरा हो । तर खिर बनाउन अलि झन्झट पनि छ । त्यसैले काठमान्डुमा बस्ने मानिस ले खासै खिर खान भने भ्याउदैन । हामीले त झन्डै १ बर्श पछी अस्ति खिर खाने दिन मा खीर खायाैँ । यसो कहिल्यै थाेरै खिर खाम न त भन्ने हो भने त्यो ठाँउ पनि त छैन । कि त राम्रै restaurant जान पर्यो । त्यहाँ पनि खिर पाईन्छ भन्ने टुगो चै छैन । तर यदि खीर लाई पनि चिया जस्तै अलि branding गर्ने हो भने खिर ले पनि चिया लाई राम्रै competition दिन सक्छ ।
खीर बिजनेस बारे यो मेरो बिल्कुलै ब्यक्तिगत धारणा हो । कस्तो लाग्यो त तपाईलाई मेरो बिचार । तपाईको बिचारमा खीर लाई commercialize गर्न सकिन्छ त काठमान्डुमा ? के के समस्या आउन सक्छन त खीरलाई पनि अरु जस्तै सहजै पाईने गरि cafe राखेर बेच्दा । अवस्य आफ्नो धारणा दिनुहोला।
धन्यबाद ।।।